काठमाडाैं । नेकपा एमालेले रौतहटको जिल्ला कमिटी नै विघटन गरेको छ । एमाले अध्यक्ष त्रिभुवन साहलगायत केही व्यक्तिहरू पार्टी विरोधी गतिविधिमा संलग्न रहेकाले कमिटी विघटन गरिएको हो । साह अध्यक्ष रहेको जिल्ला कमिटी नै विघटन गरिएको एमाले मधेश प्रदेश अध्यक्ष राम औतार यादवले जानकारी दिएका छन् । जिल्ला कमिटी उपाध्यक्ष दीपक राय यादवका नाममा पत्र पठाउँदै प्रदेश कमिटी अध्यक्ष यादवले जिल्ला कमिटी विघटन गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया