बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको विजयी सुरुआत

गोरखा, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन् । प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन्

त्यस्तै पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गरेको निर्णायक दिपेश गिरीले जानकारी दिए । ।

त्यस्तै त्रिभुवन आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज विकबीच भएको प्रतियोगिता ‘ड्र’भएको छ । खुला क्लासिकलतर्फ नै प्रदेश नम्बर १ का जेम्जुङ प्रशान्तदासलाई पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहेका सुरवीर लामाले पराजितगरेका छन् । भने बाग्मती प्रदेशका निकेन कुसताले बाग्मती प्रदेशकै राजिव कार्कीलाई पराजित गर्न सफल भएका छन् । ।
प्रतियोगिताअन्तर्गत महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा बाग्मती प्रदेशका लक्ष्मी कँडेलले सशस्त्र प्रहरी बलकी गीता जैसवाललाई पराजित गरिन् यो भने एनआरएनकी विनिता कपालीले मछन् । प्रतियोगितामा कूल ११ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया