
काठमाडौं । विगतदेखि नेपाली चलचित्र क्षेत्रमा प्रभाव जमाउन सफल अभिनेता राजेश हमालले देशको सीमा सुरक्षा, कूटनीतिक मर्यादा र भूराजनीतिक संवेदनशीलताका विषयमा उनले समय(समयमा दिने गम्भीर अभिव्यक्तिहरूले राष्ट्रिय बहसको रूप लिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा भइरहेका राजनीतिक उतारचढाव र त्यसले नेपाल जस्तो मुलुकमा पार्न सक्ने प्रभावप्रति उनले सचेत ग।ाएका छन् ।
पछिल्लो समय विश्व राजनीतिमा देखिएको अनिश्चितता र अस्थिरताको बाछिटा नेपालको सार्वभौमिकतामाथि पर्न सक्ने भन्दै उनले नेतृत्व तहको क्षमतामाथि समेत प्रश्न उठाएका छन् । देशको सीमा रक्षा र जटिल कूटनीतिक समस्याहरूको समाधानका लागि नेपाललाई यतिबेला परिपक्व, अनुभवी र दूरदर्शी नेतृत्वको खाँचो रहेको उनको बुझाइ छ ।
कुनै पनि मुलुकको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त निर्णय क्षमता र राजनीतिक गम्भीरता नहुँदा देशले ठूलो संकट व्यहोर्नुपर्ने खतरा औँल्याउँदै अभिनेता हमालले राष्ट्रिय स्वार्थका सवालमा सबै शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् । गत आतइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए । त्यसैलाई लिएर अभिनेता हमालले सीमा अतिक्रमणका विषयमा टिप्पणी गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै अभिनेता हमालले सीमा अतिक्रमण र राज्य प्रायेजित भू–अतिक्रमण फरक विषय भएको स्मरण गराएका छन् । उनले भनेका छन्, ‘नेपालको सीमा सम्बन्धी बहसहरूमा दुई शब्द सुनिन्छन्( सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमण, यी दुईलाई एउटै अर्थमा बुझिन्छ, तर वास्तवमा यी पूर्णतः फरक प्रकृतिका विषय हुन् ।’
उनले सीमा अतिक्रमण सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकसँग सम्बन्धित भएको उल्लेख गरेका छन् । यी सामान्य विषय भएको उल्लेख गर्दै सहज रुपमा समाधान हुने बताएका छन् ।
‘सीमापार अतिक्रमण प्रायः सरकारभन्दा बढी स्थानीय नागरिकसँग सम्बन्धित हुन्छ, नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीयौँदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएका छन्,’ हमालले भनेका छन्, ‘नदीहरूले धार परिवर्तन गर्छन्, सीमा स्तम्भहरू हराउँछन् वा क्षतिग्रस्त हुन्छन्, बस्तीहरू विस्तार हुन्छ यी घटनाहरू प्रायः नीतिगत होइनन्, भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम हुन्, यिनीहरू रणनीतिक विस्तारका प्रयासभन्दा बढी प्रशासनिक र स्थानीय प्रकृतिका समस्या हुन्, जसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुन्छ ।’
अर्कातिर, राज्य प्रायोजित भू(अतिक्रमण फरक भएको उनले औँल्याएका छन् । यसमा देश नै भूतिक्रमण गर्नतिर लाग्ने गरेको उनले उल्लेख गरेका छन् ।
‘राज्य–प्रायोजित भू–अतिक्रमणको प्रकृति पूर्णतः फरक हुन्छ। यो त्यतिबेला हुन्छ जब कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुन्छ। यहाँ व्यक्तिहरू होइन, राज्यका संस्थाहरू संलग्न हुन्छन्,’ हमालले थपेका छन्, ‘सडक निर्माण गरिन्छ, प्रशासनिक संरचना खडा गरिन्छ, सुरक्षा निकाय परिचालन गरिन्छ, सरकारी नक्साहरू संशोधन गरिन्छ र राज्यको अधिकार औपचारिक रूपमा लागू गरिन्छ ।’
सीमाका विषयमा देशको नेतृत्व गर्ने व्यक्ति परिपक्व र दूरदृष्टि राख्ने हुनुपर्ने उनको भनाइ छ । त्यस्तो नहुँदा देशले नै गम्भीर चुनौती भोग्नुपर्ने अवस्था आउने उनले बताएका छन् ।
प्रतिक्रिया