झिमरुकका किसानलाई अनुदानमा आलुकाे बिउ

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन आलुको बिउ बितरण गरेको छ । गाउँपालिका भित्र गठन भइ दर्ता गरिएका कृषि समुह, कृषि तथा पशुपंक्षी फर्म, कृषि सहकारीलाई मागको आधारमा उन्नत जातको आलुको बिउ वितरण गर्न लागिएको कृषि शाखा प्रमुख टेक बहादुर बिकले जानकारी दिए । उनका अनुसार कृषी सहकारी ३, कृषि तथा पशुपंक्षी फर्म ६३ र कृषी समुह ८६ गरि जम्मा १ सय ५२ समुहलाई आलु बिउ वितरण गर्न लागिएको बताए ।

झिमरुक गाउँपालिकाको आलखोलालाई जिल्लाकै नमुना आलु पकेट क्षेत्र भएकोले आलखोलाका किसान संग पालिकाका सबै किसानले यहाँका किसानको खेती गर्ने प्रबिधिको सिको गर्नुपर्ने गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताए । अहिले वितरण गर्न लागिएको आलुको बीउ पर्याप्त नभएपनी उन्नत बीउ लागेर तरकारी खेतिमा आत्मनिर्भर हुनुपर्ने बताए ।

किसानहरूले निर्वाह मुखी तरकारी खेतिलाई भन्दा ब्यवसायी मुखी खेतिमा जोड दिए आत्मनिर्भर बन्न सकिने अध्यक्ष एमसीले बताए । पालिकाका ८ वटै वडाका कृषकलाई ‘काडिनल र टिपिएस’ आलुको बिउ अनुदानमा बितरण गर्न लागिएको अध्यक्ष एमसीको भनाइ छ ।

कृषि क्षेत्रलाइ प्राथमिकता दिएको झिमरुक गाउँपालिकाले सबै वडाहरुमा कृषि बिशेष कार्यक्रम लागु गरेर कृषकलाई तरकारीमा आत्मनिर्भर बनाउने योजना रहेको पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । उनका अनुसार विभिन्न वडाहरुमा कृषि उत्पादन बढ्दै गएको र कृषकलाई आत्मनिर्भर बनाउन सके वडा तथा पालिका नै समृद्ध हुने भएकाले कृषिलाई प्राथमिकता दिएको बताए । झिमरुक गाउँपालिकाको ५० प्रतिशत र समुहको ५० प्रतिशत गरी ५ लाख रकम बराबरको काडिनल १ सय ४६ कुण्डल र टिपिएस करिब १० क्वीन्टल उन्नत जातको आलुको बिउ वितरण गरिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया