काठमाडौं । लोकदोहोरी गायिका सविता परियार र गायक विमल परियारको युगल आवाजमा रहेको ‘सम्झना गाउँघरकै’ नामक (गावैँ रमाइलो–३) गीत बजारमा आएको छ ।
केही दिनअघि युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतले चर्चा बटुल्दै गरेको पाइएको छ । सर्जक शिव हमालले शब्द लेखन र संगीत भरेको गीतमा सुनील परियारले संगीत संयोजन गरेका हुन् । त्यस्तै, उक्त गीतको भिडियोमा राजकुमार मगरको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन छ ।
साथै, सो गीतको भिडियोमा रमेशबाबु थापामगर, शरद एलजी, अस्मिता रनपाल र सरिता धनकुटीले नृत्य–अभिनय गरेका छन् । राजकुमार मगरले नै सम्पादन गरेको उक्त भिडियो शिव हमालको युट्युमार्फत सार्वजनिक गरिएको छ ।
उक्त गीतकी गायिका सविताले हिन्दूहरुको महान् चाड विजया दशमी र दिपावलीलाई लक्षित गरी गीत र भिडियो तयार पारेर बजारमा ल्याएको बताइन् । साथै, उनले गीतको शब्द र भिडियो नेपाली कलाकारीता र चाडपर्वमा मौलिकता झल्काउने खालका रहेको जिकिर गरिन् ।
बिगतदेखि नै चाडपर्वमा सहकार्य गर्दै आएका यी कलाकारहरुले यसभन्दा अघि पनि ‘गावैँ रमाइलो– १’, ‘दशैँ आयो है’ बोलका गीत ल्याएका थिए । ती गीतहरु पनि धेरै दर्शक श्रोतारुको रोजाइमा परेको थियो ।
बिगतका वर्षमा जस्तै यस वर्ष पनि आम दर्शक तथा श्रोताहरुको रोजाइ अनुसार टिपिकल खालको उक्त गीत ‘सम्झना गाउँघरकै’ ल्याएको गायिका सविताले बताइन् ।
‘पहिलाको गीतलाई धेरै दर्शक श्रोतारुले मन पराउनुभयो’, उनले भनिन्, ‘उहाँहरुको रोजाइलाई नै मध्यनजर गरी हाम्रो पुरानै टिमले यो गीत तयार पारेर बजारमा ल्याएका हौँ ।’
प्रतिक्रिया