आज कहाँ कहाँ छ भारी वर्षाकाे सम्भावना ?

काठमाडौं । देशका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि सक्रिय हुँदा भारी वर्षा भएको छ । त्यसले बाढी तथा पहिरोसहितका विपदको सम्भावना बढाएको भन्दै सतर्कता अपनाउन मौसम विज्ञान विभाग तथा बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेका छन् ।

मंगलबार राति तथा बुधबार बिहान पूर्वदेखि पश्चिमका विभिन्न भागमा भारी वर्षा भएको हो । राति १२ बजेतिर बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुंगा, गोरखा, लमजुंग, तनहुँ, कास्की, पर्वत, बाग्लुंगसहितका जिल्लामा भारी पानी परेको छ ।

यस्तै म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रुकुम, रुकुमपूर्व, प्यूठान र आसपासमा भारी वर्षा भएको र तीन क्षेत्रका साना खोलामा आकश्मिक बाढी आउन सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यसैगरी बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको सूचनामा पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेको उल्लेख छ ।

पश्चिम राप्ती भालुवांग, कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने, सतर्कता आसपास पुग्न सक्ने तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार प्यूठान, दांग, बाँकेजिल्ला भइ बग्ने अधिकांश साना खहरे खोलामा आकश्मिक बाढीको उच्च सम्भावना रहेको हुँदा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल मौसमको अवस्था 

हाल प्रदेश १, मधेश प्रदेश, बागमती  प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

२०७९ असोज १९ गते (बुधवार)

दिउँसो :  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै  गण्डकी   र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा मधेश प्रदेश  र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

राती: प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्य देखि पुर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

२०७९ असोज २० गते (बिहीवार)

दिउँसो :  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको एक-दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।  

राती: गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।  

 २०७९ असोज २१ गते (शुक्रवार)

दिउँसो : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा  सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, र कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।  

राती: प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदलि रही बाँकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र  गण्डकी   र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत  दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया