डेंगु संक्रमितको संख्या भने ३१ हजार नाघ्याे, ४१ जनाकाे मृत्यु

काठमाडौं । डेङ्गुका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेङ्गुका कारण ४१ जनाको ज्यान गएको छ ।

डेङ्गुका संक्रमितको संख्या भने ३१ हजार नाघेको छ । पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया