टी–२० महिला विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल –आईसीसी)ले दक्षिण अफ्रिकामा अर्को वर्ष अर्थात् २०२३ मा हुने महिला टी–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । महिला टी–२० विश्वकप फेब्रुअरी १० मा आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेलबाट शुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल २६ फेब्रुअरीमा हुनेछ । उपाधिका लागि रिजर्भ डे पनि राखिएको छ । १० देश दुई फरक समूहमा विभाजित छन् । भारत र पाकिस्तान समूह २ मा रहेका छन् । यो समूहमा इंग्ल्याण्ड, वेस्ट इन्डिज र आयरल्याण्ड पनि छन् ।

यस्तै समूह ‘ए’ मा पाँच पटकको च्याम्पियन अस्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

बंगलादेश र आयरल्याण्ड छनोट खेलबाट टी–२० विश्वकपका लागि छानिएको थियो ।

प्रतिक्रिया