पार्टीमा स्वार्थ हावी भयो, कम्युनिष्ट आन्दोलन विचारले नै डोर्‍याउँछौं : घनश्याम भुसाल

घनश्याम भुसाल

काठमाडाैं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले अनेकौं संकटका बाबजुद पनि कम्युनिष्ट आन्दोलनलाई विचारले नै डोर्‍याउने संकल्प गरेको बताएका छन् । जनकपुरका दुई जना नेताहरूसँग बाटोमा भेट भएको तस्वीर भुसालले आफ्नो फेसबुक एकाउण्टमा शेयर गर्दै पार्टी भित्र स्वार्थ हावी भएको सन्दर्भ उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘जनकपुरका कमरेडहरूसँग अचानक बाटोमा भेट भयो । तराईका जिल्लाहरूमा वैचारिक प्रशिक्षणका दौरानमा भएको भेट सम्झना गर्‍याैं । उहाँहरूले, पार्टीभित्र वैचारिक प्रशिक्षण कमजोर हुँदै जाँदा स्वार्थहरू हावी भएकोले पार्टीमा ईमानदार कार्यकर्ता पाखा लाग्दै जाने संकटबारे चिन्ता गर्नुभयो । हामीले अनेकौं संकटका बाबजुद पनि कम्युनिस्ट आन्दोलनलाई विचारले नै डोर्‍याउने संकल्प गर्‍याैं ।’

प्रतिक्रिया