नारी शक्ति एक भए देशमा स्थायित्व कायम हुन्छ : डा. मघु गुप्ता

पर्सा । जनता समाजबादी पार्टीकी नेतृ डा. मधु गुप्ताले नारि शक्ति एक भए देशमा शान्ति र स्थायित्व कायम हुने बताएकी छन् । आज फूलपाती भित्र्याउन गएका दुर्गा भगवतीको भक्तजनलाई फल्हार वितरण गर्दै उनले महिलाहरु पनि देवी दुर्गा झैँ हुनु पर्ने र आफूमाथि औला उठाउनेको हात नै भाची दिने सम्म हिमत राख्नु पर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘पृथ्वीमा जब जब उदण्ड किसिमका गतिबिधि भए तब तब नारि कै रुपमा देवी भवानी बिभिन्न आफ्ना अवतार लिएर संसारको रक्षा गरेको हुनाले हामी महिला पनि आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागी देवी झैँ आफ्ना भित्र भएका आँट र हिमतलाई प्रदर्शन गर्नुपर्ने बेला आएको छ ।ँ डा गुप्ताको नाम आसन्न प्रतिनिधि सभा निर्वाचनको लागी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ सिफारिस भएको छ ।

प्रतिक्रिया