२२ दिनमा ११ सय किमि पैदल यात्रा गरेका मुन्नालाई सम्मान

पर्सा । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपालको पर्सा जिल्ला समन्वय समितिले २२ दिनमा ११स य किलोमिटर पैदल हिडेर कृतिमानी राख्न लागेका शेस मुन्नालाई सम्मान गरेको छ । वाइसिएल नेपालको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर वीरगंज महानगरपालिका वडा नम्बर २ छपकहिया निवासी ३२ वर्षीय शेस मुन्नालाई सम्मान गरिएको हो ।

सम्मान गर्दै जिल्ला इन्चार्ज सन्तोष पटेलले मुन्नाको साहसी कदमको प्रशंसा गरे । उनले भने, ‘यो कार्यले नेपालको स्वाभिमान अँझै बढेर गएको छ । वीरगंजबाट २२ दिनमा ११ सय किलो मिटर पैदल यात्रा गरि भारतको राजधानी दिल्ली पुगी कृतिमान कायम गरि नेपाल र नेपालीको पहिचान विश्वमा चिनाउने गरेको आदम्य साहसलाई कदर गर्दै पटेलले मुन्नालाई सम्मान गरेका हौं ।’

सम्भवतः त विश्व मा नै पहिलो रेकर्ड मुन्नाको हुने आकलन पनि गरिएको छ । अमेरिका एक नागरिकले ३७ दिनमा ११ सय किलोमिटर, अष्ट्रेलियाका नागरिकले ३३ दिनमा ११ सय किलो मिटर र भारतका नागरिकले २७ दिनमा ७ सय ८० किलो मिटर यात्रा तय गरेको रेकर्ड अहिले सम्मको रहेको हुँदा आफु कम समयमा नै संसारको सबै भन्दा बढी पैदल यात्रा तय गरेको व्यक्ति हुन सक्ने हाम्रो अनुमान रहेको छ । तीन महिना पछि विश्व गिनिजबुकमा नाम लेखाउन सफल हुनेमा आफु पूर्ण विश्वस्त रहेको मुन्नाले बताए ।

श्रावण महिनाको २१ गते वीरगन्जबाट बिहान ७ बजेर ३० मिनेटमा दिल्लीका लागि यात्रा शुरुवात गरेका थिए। मुन्नालाई पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वीरगंज महानगरपालिकाका उपप्रमुख र समाजसेवी प्रकाश थारुले नेपाली झन्डा दिई बिदाइ गरेका थिए ।

सम्मान कार्यक्रममा नेपाल पर्साका संयोजन दिपेन्द्र सिंह पटेलको अध्यक्षता र केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज क। सन्तोष पटेलको प्रमुख आतिथ्य मा सम्पन्न भयो। त्यस्तै अतिथि मा क। महेश पटेल, रामबाबू मंडल, रामाधार पटेल र कार्यक्रम का सहजिकर्ता क्षेत्र नं २ ,१ ९क० का अध्यक्ष क। सुनिल रौनियार ले गारेका थिए।

प्रतिक्रिया