वायुसेवा निगमलाई इसागो सर्टिफिकेट

काठमाडौ । नेपाल वायुसेवा निगम इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनबाट ग्राउन्ड अपरेसनका लागि सुरक्षा अडिटबाट प्रमाणित भएको छ । संघले निगमलाई कार्गो ह्यान्डलिङसहित ग्राउन्ड ह्यान्डलिङका सबै क्षेत्रमा इसागो सर्टिफाइड गरेको हो । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सर्भिस दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

पहिले पनि निगमले ग्राउन्ड ह्यान्डलिङ अन्तर्गत लोड कन्टेल, पेसेन्जर र ब्यागेज ह्यान्डलिङ, एयरक्राफ्ट ह्यान्डलिङ र लोडिङ, अर्गनाइजेसन र व्यवस्थापन, एयरक्राफ्ट ग्राउन्ड मुभमेन्टले इसागो सर्टिफिकेट पाएको थियो ।

प्रतिक्रिया