जम्बो इको भेइकलको दसै–तिहार अफर

काठमाडौं । जम्बो इको भेइकलले चाड–पर्वलाई लक्षित गरी दसैं–तिहार जम्बो अफर ल्याएको छ । यस अफरअन्तर्गत जम्बो इको भइकलले बिक्री बितरण गर्र्दै आएका साइकल तथा स्कुटरमा ग्राहकले सिधै नगद ७ हजारदेखि ३५ हजारसम्म छुट पाउनुका साथै १० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा पाउने छन् ।

लोकन्थली (जडीबुटी) भक्तपुरमा मल्टिब्रान्ड सोरुम रहेको जम्बो इको भेइकलले हाल ७५ हजार देखि ३ लाख २० हजारसम्म पर्ने इलेक्ट्रिकल स्कुटर तथा सवारी साधन बिक्री वितरण गर्दै आएको छ । फरक फरक मोडेलमा फरक फरक छुट भए तापनि प्रत्येक साधनको १० लाख बराबरको दुर्घटना बिमा गरिएको छ ।

जम्बो इकोले लिथियम आयनयुक्त उत्कृष्ट प्रविधिका इलेक्ट्रिकल स्कुटर, इलेक्ट्रिकल साइकलका साथै शारीरिक रूपले विकलांग भएका व्यक्तिका लागि इलेक्ट्रिकल ब्हिल चियर उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया