भारतीय कांग्रेस अध्यक्ष पदमा शशि थरुरको दाबी !

नयाँ दिल्ली । उनी आफ्ना साथी, फ्यान र राजनीतिक विरोधीलाई आफ्ना शब्द र विरोधद्वारा चकित पार्न पछि हट्दैनन् । अरू केही नभए पनि अंग्रेजीका यस्तो शब्द बोल्छन्, जसको सर्वत्र चर्चा भइरहन्छ । भारतीय कांग्रेस सभापति पदका लागि उम्मेदवारी दिन नआउलान् भन्ने धेरैले आशंका गरेका थिए । तर उनले आफ्ना साथी र आलोचकलाई फेरि एकपटक गलत साबित गरेका छन् ।

एक राजनीतिक टिप्पणीकारले शशि थरुर आफ्नो बलिउड नायकजस्तो देखिने लुक्सले जो कोहीलाई प्रभावित गर्न सक्छन् र यसपटक उनी चुनाव जिते पनि हारे पनि कांग्रेस नेताहरूको ठुलो लीगमा पर्न महत्वाकांक्षी प्रयास गरेको बताउँछन् ।

कांग्रेस नेतृत्वको विरोध गर्ने जी–२३ समूहको एक हिस्सा रहेका थरुर, जो राहुल गान्धीको राजनीतिसँग सहमत छैनन्, पहिले ’भारत जोडो यात्रा’ मा राहुलसँग देखापर्छन् । त्यसपछि सोनिया गान्धीलाई भेट्छन् र कांग्रेस सभापति पदका लागि प्रतिस्पर्धा गर्ने आफ्नो मनसाय व्यक्त गर्छन्। तर उनलाई चिन्ने र उनीसँग काम गर्नेहरू भन्छन् कि थरुर यस्तै छन् र यो नै उनको काम गर्ने तरिका हो ।

प्रतिक्रिया