जगरनाथपुरमा शिव मन्दिर उदघाटन

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं ३ बिजबनिया गाउँमा रहेको शिव मंदिरको उदघाटन गरिएको छ । विधवतरुपमा पुजापाठ गरि बिजबनिया गाउँमा नवनिर्मित शिव मन्दिरको गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले उद्घाटन गरेका हुन् ।

शिव मन्दिरमा लिंग स्थापनाको साथै बसहाको पनि स्थापना गरिएको थियो । नेपाली कांग्रेस क्षेत्र नं ४ (क) बाट निर्वाचित प्रदेश सांसद शंकरप्रसाद चौधरीको संसदीय कोषबाट ५ लाखको लागतमा निर्माण भएको मन्जय गिरीले जनाएका छन् ।

नवनिर्मित शिव मन्दिर उदघाटन कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष सुबास यादव, जानकी टोलका पूर्व गाबिस अध्यक्ष झकड मियाँ, क्षेत्रीय सचिव बलिस्टर अहम्द, स्थानीय शंकर यादव, पहलाद राम, सोवालाल साह, लक्षमी यादव , लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया