सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

सल्यान । कपुरकोट गाउँपालिका ३ मुलपानीमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरी चौकी कपुरकोटका अनुसार राप्ति राजमार्गमा बाँके कोहलपुर ढकेरी बाट सल्यानको रिम तर्फ जादै गरेको रा.१ ज.५६३ नंम्बरको जिप अनियन्त्रित भई सडक बाट १५० मिटर तल खस्दा १ महिला र ७ पुरुषको घटनास्थलमै मृत्यु भएको हाे । उक्त जिपमा जम्मा ९ जना सवार रहेकाे प्रहरीले जनाएकाे छ ।

एकजना १ पुरुष घाईते अवस्थामा फेला परेका छन् । मृतकको सनाखत नभएको, घाईते नाम थर वतन नखुलेको प्रहरी चौकी कपुरकोट सल्यानले जनाएकाे छ ।

उद्धारकाे लागि दुर्घटना भएकाे स्थानमा प्रहरी चौकी कपुरकोट सल्यानबाट प्रहरी नायब निरिक्षक नेत्रबहादुर नेपालीको कमाण्डमा ५ जनाको टोलि र ईप्रका लुहाम सल्यानबाट प्रहरी निरिक्षक प्रेमबहादुर बोहोराको कमाण्डमा-७ जनाको टोलि खटिएकाे छ, भने जिल्ला प्रहरी कार्यालय बाट प्रहरी नायव उपरिक्षक दामोदर केसीको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया