सर्वाेच्चमा नयाँ प्रधानन्यायाधीश

दिपकको बिदाई हरिकृष्णको आगमन

कामु प्रधान्यायाधीश दिपक कार्की र हरिकृष्ण कार्की

काठमाडौं । सर्बोच्च अदालतमा फेरि नयाँं नेतृत्व आएको छ । कामु प्रधान्यायाधीश दिपक कार्कीले आईतबादेखि उमेर हदका कारण आइतबारदेखिद बिदा लिएकोले अबको नेतृत्व हरिकृष्ण कार्कीले गर्ने भएका छन् । प्रधान्यायाधीश चोलेन्द्र शमसेर राणा निलम्बनमा रहेकोले यस अघि वरिष्ठताका आधारमा कार्कीले कामु प्रधान्यायाधीशको जिम्मेवारी पाएका थिए । तर उनी बिदा भएपछि वरिष्ठताका आधारमा सर्बोच्चको प्रधानन्यायधीशको नेतृत्व हरिकृष्णले गर्ने भएका छन् । उनले सर्बोच्च अदालतमा करिव एक बर्ष नेतृत्व गर्ने भएका छन् ।

अब मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुने भएका छन् । मंगलबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन् । आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर हरिकृष्ण कार्कीले सम्हाल्नेछन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ । महाभियोगको टुङ्गो नलागेकै कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा छन् ।

जबराको निलम्बनपछि ७ महिनाभन्दा बढी समय दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाले । यद्यपि महाभियोगको टुङ्गो नलागेकै कारण उनी प्रधानन्यायाधीश नबनी विदा हुन लागेका हुन् । असोज १६ गतेदेखि कार्की पूर्णरुपमा कामु प्रधानन्यायाधीश बन्नेछन् भने त्यसपछि विश्वम्भरप्रसाद श्रेष्ठले वरिष्ठतम् न्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया