निर्वाचन आचारसंहिताबारे शीर्ष नेताहरूसँग छलफल गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आज आयोग कार्यालयमा निर्वाचन आचारसंहिताबारे दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।

प्रतिक्रिया