राप्ति विकास समितिको ३०औँ बार्षिक साधारणसभा सम्पन्न

मकवानपुर । राप्ति विकास समिति मकवानपुरको ३०औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिका अध्यक्ष निमटोलमा आचार्यको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष फुर्वा लामाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो साधारणसभामा संस्थाकी सचिव रिना आर्चायले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष राम बहादुर थिङले आर्थिक प्रतिवेदन र संस्थाका अध्यक्ष निमटोलमा आचार्यले भावि योजना प्रस्तुत गरेकी थिइन् ।

संस्थाले १ करोड ७० लाख ४७ हजार १ सय ९९ रुपैयाँ कारोबार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारणसभाले बार्षिक प्रतिवेदन, अन्य प्रतिवेदन पारित गरेको छ । सो साधारणसभालाई सम्बोधन गर्दै वडा अध्यक्ष लामाले राप्ती विकास समितिले गरिब तथा बिपन्न परिवारका पिछडिएका बर्गहरुलाई छात्रबृद्धि प्रदान गरि शिक्षाको क्षेत्रमा योगदान गरेको भन्दै खुलेर प्रशंसा गरिन । वडा संस्थासंग सहकार्य गरि काम गर्न तयार रहेको समेत बताइन् ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख भिम तिमल्सिनाले दुर्गम क्षेत्रमा पुगेर गैरसरकारी संघसंस्थाहरुले काम गर्दै आइरहेको हुँदा यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता रहेको बताए । उनले काम राम्रो गरेता पनि पारर्दर्शी नभएका कारण आरोप लाग्ने गरेको भन्दै पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बिररन्त दोङले पनि बाेलेका थिए । कार्यक्रममा सोलिड्यारिटिका संस्थापक क्रषिराम आचार्य, स्ट्याण्ड बाई मि का प्रशान्त पाख्रिन, बेथानी नमुना विद्यालयका प्रमुख पुरुषोत्तम प्रसाद उप्रेती, हजुरको खबरका प्रमुख रुपक कालिराज लगायतको उपस्थिति रहेकाे थियाे ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया