राष्ट्रपति कार्यालयविरुद्धको रिटको सुनवाई प्रक्रिया दशैंपछि मात्रै

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले संसदले पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सर्बोच्चमा परेको रिटमा शुक्रबार छलफल हुने पेशी तोकिएको थियो । यससँग सम्बन्धित सबै रिटलाई एकै ठाँउमा राखेर छलफल गर्ने पेशी सूचीमा उल्लेख थियो । सर्बोच्चका न्यायायधीश मनोजकुमार शर्माको एकल इजलासमा पेशी चढेको थियो । तर केही समय सो पेशी चढाएर पछि हटाइएको छ 

कानूनविद्हरुका अनुसार यस्तो रिटमा एकल इजलास तोकिनु भनेको कुनै निर्णय नगरी कारण देखाउ आदेश माग गर्नु हो । यो अदालतको सामन्य एउटा औपचारिक प्रक्रिया जस्तै हो । दशै बिदा अघि आइतबार एक दिन मात्र अदालत खुल्ला रहने छ। सोमबार देखि कोजाग्रतपूर्णिमाको भोलिपल्ट सम्म अदालत दशै बिदा हुने छ ।

स्रोतका अनुसार यस्तो अबस्थाको रिटमा सामन्यतया संबैधानिक इजालसले मात्र सुनुवाई गर्छ । जसको नेतृत्व प्रधानन्यायाधीशले गर्ने परम्परा छ । अहिले प्रधान्यायाधीश निलम्बनमा भएका कारण कामू प्रधान्यायधीश दिपक कार्कीले यसको नेतृत्व गर्नुपर्ने हुन्छ । त्यसमा प्रधान्यायाधीश बाहेक अन्य ४ जना हुने छन् ।

प्रतिक्रिया