सिप्रदि र एनएमबि बैंक बीच सहकार्य

काठमाडौ । एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिसंग सहकार्य गरेको छ । यो सहकार्य बैंकिग क्षेत्रमै उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८० प्रतिशत फाइनान्सिग सहित आवश्यक सबै कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ ।
वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे छ । जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषता समावेश गरिएको छ । बैकको यस कर्जा योजना; ब्यवसाय संग संगै वातावरणीय दायित्व पुरा गर्नेे सचेत प्रयास भएको उल्लेख छ । योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिइएको छ ।

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने पनि बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ३८ एटीएम, ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया