स्मार्टडोकोको ‘वडा दशै कडा अफर’

काठमाडौ । स्मार्ट डोकोले दशैंमा आफ्नो ग्राहकका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ्र । चाडपर्वमा, ग्राहकले इलेक्ट्रोनिक्स, किराणा समान , फेसन, सौन्दर्य तथा अन्य थुप्रै समानमा ६७ प्रतिशत सम्ममा छुट पाउन सक्ने, ग्राहकले हरेक दिन स्मार्ट वाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन ।
ग्राहकले हिमालयन बैंकमा १ हजार रुपैया सम्मको १५ प्रतिशत क्यासव्याक पाउन सक्ने पनि उल्लेख छ । ग्राहकले गेममा सहभागी भई थुप्रै रोमाञ्चक उपहारहरु जित्न सक्ने जनाएको छ । काठमाडौं उपत्यका भित्रका ग्राहकले ७ सय ५० रुपैयाको न्यूनतम अर्डर मूल्यमा यस्तो सुविधा पाउन सक्ने र मुलुकभर रहेका ७७ जिल्लामा डेलिभरी सुविधा पनि उपलब्ध रहेको छ ।

स्मार्टडोकोमा ५० हजार भन्दा पनि बढि सामान उपलब्ध रहेको र जसमा वेबी केयर, इलेक्ट्रोनिक्स, किराणा समान, स्वास्थ्य, कोभिड र डेंगीका आवश्यक वस्तुहरू, सौन्दर्य, घरका सामग्रीहरु किन्न सकिने छ । यो अफर २१ देखी २७ सेप्टेम्वर सम्म लागु हुने पनि उल्लेख छ ।

प्रतिक्रिया