बहुअर्वाभाठादेखि पोखरियासम्म ४ लेन सडक बन्ने

पर्सा । पर्साको बहुअर्वाभाठादेखि पोखरियासम्म करीब ६ किलोमीटर ४ लेन सडक बन्ने भएको छ । पर्सा क्षेत्र नम्बर ३ का सांसद तथा जनता समाजवादी पार्टी नेपालका नेता हरिनारायण रौनियारको पहलमा सो सडक निर्माण हुने भएको हो ।

सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले सडक बनाउन लागेको छ । उक्त सडकको योजनाका लागि रौनियारले पहल गर्दै आएका थिए । चालू आर्थिक वर्ष २०७९–८० मै सडकको ठेक्का प्रक्रिया पूरा भई निर्माण सुरु हुने बताइएको छ ।

चालू वर्षकै बजेटमा यो सडकका लागि १ अर्ब रुपैयाँको स्रोतसमेत छुट्याइएको सडक विभागले जनाएको छ । अहिले सो सडकको स्थलगत सर्वेक्षणको काम भइरहेको पनि हुलाकी कार्यालयले बताएको छ ।

अहिले २ लेन भनिए पनि ठाउँ–ठाउँमा अतिक्रमणका कारण एक लेनमा सञ्चालित सो सडकका कारण स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको थियो । सडक निर्माण भएपछि पर्सा ग्रामीण क्षेत्रको आवागमन सहज हुने विश्वास स्थानीयको छ ।

प्रतिक्रिया