लमजुङका ९७ विद्यालयलाई हिमानी शाहद्वारा शैक्षिक सामग्री वितरण

लमजुङ । पूर्वयुवराज्ञी हिमानी शाहले लमजुङका ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा दूधपोखरि, मस्र्याङ्दी र दोर्दी गाउँपालिकाका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुको उपस्थित रहेको थियो ।

जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरेको ट्रष्टले जनाएको छ ।

चाइना फाउन्डेसनको सहयोगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरको हो ।

हिमानी ट्रष्टको अध्यक्ष हिमानी शाहाको उपस्थितिमा ९७ विद्यालयका २ हजार ९ सय ३२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बोत्तल, झोला लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया