हिट गीत दिँदै पूर्णकला बिसी

काठमाडौं । लोकदोहोरी गायिका पूर्णकला बिसी लामो समयदेखि नेपाली गीत संगीतमा सक्रिय छन् । झण्डै एक दशकभन्दा बढी समयदेखि यस क्षेत्रमा रहेकी गायिका बिसीले थुप्रै गीतहरुमा मिठा आवाज दिएकी छन् ।

उनका गीत प्रायः हिट हुने गरेका छन् । पूर्णकलाको आवाजमा गीत हिसाव गर्ने हो भने हजारौँ छन् । उनी लोक तथा दोहोरी गायनमा रुचाइने गायिकामा पर्छिन् । हिट गीतका कुरा गर्दा करिब एक वर्षअघि बजारमा आएको ‘सनिसार’ निक्कै हिट भयो ।

गायक कुशल बेलवासे र पूर्णकलाको आवाजमा रहेको उक्त गीतले बजार राम्रै तताएको थियो । फेरि अहिले पनि बेलवासे र उनकै आवाजमा ‘पागल हुँदै’ बोलको गीत बजारमा आएको छ । यस गीत पनि पहिलेका झैँ हिट हुनेमा आफू विश्वस्त रहेको पूर्णकलाले बताइन् ।

‘पहिलाको सनिसार राम्रो भयो, दर्शक स्रोताले निक्कै मन पराउनुभयो,’ उनले भनिन्, ‘अवार्ड पनि पाएको छु त्यो गीतबाट । गायिका बिसी र बेलबासेको आवाज रहेको ‘पागल हुँदै’ गीतमा शब्द र संगीत आभाष लुइँटेलको रहेको छ भने विश्वास नेपालले एरेन्ज गरेका हुन् ।

त्यस्तै गीतको भिडियोमा सुनिल छेत्रीले निर्देशन गरेका छन् । दुर्गा पौडेलले खिचेको भिडियोमा शिसिर पौडेल र लक्ष्मी बर्देवासहित अन्य कलाकरलाई पनि फिचर्ड देख्न सकिन्छ । बर्दियामा जन्मिएकी गायिका पूर्णकलाले सानैदेखि लोकदोहोरी गीत गाउँदै आएको सुनाइन् ।

तीन कक्षामा पढ्दानै विभिन्न जिल्ला, अञ्चल र विद्यालय लगायतमा हुने मेला महोत्सवका प्रतियोगितामा सहभागी हुँदै औपचारिक रुपमा गायनमा अघि बढेको उनले बताइन् । हालसम्म अनुमानित पाँच हजारभन्दा बढी गीतमा आवाज दिएको गायिका बिसीले जिकिर गरिन् ।

प्रतिक्रिया