काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रालिले दशैं, तिहार र छठलाई लक्षित केन्ट आर ओ को दशै तिहार अफर ल्याएको छ । भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘केन्ट आर.ओ. दशैं तिहार, हरेक खरिदमा उपहार’ भन्ने नारासहित नया अफर ल्याएको हो ।
यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सि. जी. ब्रान्डको इलेक्ट्रिक केट्टेल उपहार स्वरूप प्रदान गरिएको छ । यो ग्राहक योजना १३ भदौ देखी सीमित अवधिको लागि लागू गरिएको हो । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगले संक्रमित हुने गरेको र हजारौंले आफ्नो ज्यान गुमाउँएको भन्दै पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सने कुरालाई ध्यानमा राख्र्द आर.ओ.बाट प्रशोधित भएको पानी परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण भएको उस्ले भनेको छ । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरण, डिसइन्फेक्टेन्ट र स्मार्ट किचन उपकरण पनि बजारमा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया