एसईईपछि विद्यालय छाड्ने क्रम बढ्दो

कालिकोट । कालिकोट जिल्लाका दलित बालबालिकामा एसईईपछि वद्यिालय छाड्ने क्रम बढेको एक अनुगमनले देखाएको छ । दुर्गम तथा पहाडी भेगमा गरिबी र अशिक्षाका कारण यस्तो समस्या देखिएको छ ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका– ५ मटेला निवासि धनपुरा बिक अहिले १३ वर्षकी भइन् । उनी चुलिमालिका माध्यामिक विद्यालयकी एक विद्यार्थाी हुन् । उनलाई पनि यो समस्याले पिरलिरहेको छ
अहिले उनलाई ।

ने पाल राष्ट्रिय दलित समाज कल्याण संघले मासिक छात्रावृति उपलब्ध गराएपछि आफूलाई पढाईमा केही सहज भएको धनपुराको भनाई छ । आफूले छात्रावृतिले पढ्न पाए पनि आफ्नो माइली दिदी सुनिता सुनारले एसईईमा २.७५ जिपिए ल्यायर पास गर्दा पनि दिदीलाई कक्षा ११ र १२ मा भर्ना हुन समेत आर्थिक अवस्था कमजोरका कारण दिदी सुनिताले बिचमै पढाइ छोड्नुपर्ने बाध्यता भएको धनपुराले बताइन् ।

धनपुराको घरमा अहिले आमा बुवा, तीन दाजुभाइ र दुई बहिनी गरी सात जनाको परिवार छ । धनपुराका बुवा भने भारतको उत्ताखण्डमा ज्याला मजदुरी गरी परिवारलाई छाक टार्ने जोहो गर्छन् । तर, केही बालबालिकाको लागि भने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ उत्तीकै सहारा बनेको पनि छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारीमा सञ्चालित नेपाल छात्रावृति कार्यक्रम लागू भएको २०७० सालदेखि हालसम्म ६ सय ६७ जना दलित विद्यार्थाीहरुले सेवा लिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारीमा सञ्चालित नेपाल छात्रावृति कार्यक्रम अधिकृत गोरक नेपालीले बताए ।

अधिकृत नेपालीले सेवा लिएकामध्ये अहिले ७ जना स्थाइ र ३६ जना अस्थाई गरी जम्मा ४३ जनाले रोजगारी अर्थात जागीर प्राप्त गरेको बताए । कार्यक्रम हाल खाँडाचक्र नगरपालिको साबिक मान्म, दाहा र शुभकालिका गाउँपालिकाको साबिक भर्ता, सुकाटिया,र कालिका मुग्राहामा लागु भएको अधिकृत नेपालीले बताए ।

शनिबार भएको संयुक्त अनुगमनमा जिल्ला समन्वय समिति कालिकोटका सदस्य अजबहादुर बम, शिक्षा विकास तथा समन्वय इकाइ कालिकोटका प्रविधिक साहयक सुनिता रोकाया, नेपाल पत्रकार महासंघ कालिकोट शाखा सचिव खडानन्द अधिकारी, रारा न्युजका अध्यक्ष कर्ण कुमाल, कार्यक्रम लागु भएका क्षेत्रका शिक्षक, सेवालिने विद्यार्थीलगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

अनुगमनका सहभागीले भने कार्यक्रमले दलित विद्यार्थीमा विद्यालयजान र पढ्न हौसला प्रदान गरेकाले कार्यक्रमको क्षेत्र कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा सवस्थार गरिनुपर्ने सुझाव दिएका थिए ।

साथै, सहभागीहरुले सेभ द चिल्ड्रेनको, आर्थिक सहयोग नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारीमा संचालित नेपाल छात्रावृति कार्यक्रम दलित बाल बालबालीकाको सहारा बनेकाले यस कार्यक्रमलाई निरन्तरता दिन आयोजक संस्थालाई आग्रह समेत गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया