लमजुङ । कोरोना माहामारीले र्गदा बेरोजगार बन्न पुगेका युवायुवतीलाई लक्षित हुने गरि घरेलु तथा साना उद्योग कार्यालयले लमजुङका बेरोजगार युवायुवातीलाई सिप प्रदान गरेको छ । कार्यालयले जिल्लाका आठ वटै स्थानिय तहका बेरोजगार युवायुवतीलाई विशेष प्राथामिकता दिदै विभिन्न तालिम प्रदान गरेको हो ।
जस अन्र्तगत १ महिने ड्राईभिङ तालिम ७ दिने, अचार बनाउने तालिम, १५ दिने गुडिया बनाउने तालिम ,यसै ३ महिने आधारभुत कम्प्युटर तालिम, १० दिने उद्यमशीलता विकाश तालिम, २ महिने आधारभुत सिलाई कटाई तालिम, १५ दिने चप्पल बनाउने तालिम र २ महिने अल्लोका सामाग्री बनाउने तालिम प्रदान गरिएको थियो ।
कार्यालयले जिल्लाका बेरोजगार ४ सय ७१ जना युवायुवतिलाई सिपमुलक तालिम प्रदान गरेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइन । उक्त सिप प्राप्त गरे पश्चात अधिकांश स्वरोजगार बनेका छन् ।
लमजुङ
प्रतिक्रिया