काभ्रे–१ मा कांग्रेसबाट तीर्थ लामाको नाम सिफारिस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले काभ्रेपलान्चोक–१ मा तीर्थ लामाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रत्यक्ष उम्मेदवारतर्फ लामाको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

कांग्रेस जिल्ला सभापति समेत रहेका लामालाई प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरेको काभ्रे कांग्रेसले जनाएको छ । लामा संविधानसभा सदस्य समेत हुन् । दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलान्चोकमा क्षेत्र नम्बर २ को बिषयमा भने छलफल भईरहेको छ ।

प्रतिक्रिया