कुरिनटारमा महिन्द्राको सोरुम

काठमाडौं । अग्नि ग्रुपले चितवनको कुरिन्टारमा नयाँ शोरुम स्थापना गरेको छ । महिन्द्रा गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जा सहितको सुविधा सम्पन्न शोरूम स्थापना गरिएको कम्पनीले जनाएको हो ।

‘कुरिन्टार र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराएर लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम, सर्भिस र स्पेयर पार्टस् सेन्टर स्थापना गरिएको हो’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने नीति कम्पनीले लिएको छ ।

प्रतिक्रिया