असोज ३ देखि १६ सम्म बृहत पाँचखाल महोत्सव हुने

काभ्रे । काभ्रे जिल्लाको पाँचखालमा पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजना र पाँचखाल नगरपालिकाको सहयोगमा तेस्रो बृहत पाँचखाल महोत्सव २०७९ हुने भएको छ। असोज ३ देखि १६ गते सम्म बृहत पाँचखाल महोत्सव हुने बताइएको छ ।

काभ्रेको पाँचखाल स्थित एक होटेलमा पत्रकार सम्मेलन गर्दै विजया दशमी तथा दिपावलीको अबसर पारि स्थानिय स्रोत र साधनको प्रचार प्रसार र विशेष गरी कृषि संस्कृति र धार्मिक विषयलाई उत्थान र प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको बताइएको छ ।

यहि असोज ३ गते देखि १६ गते सम्म हुन लागेको मुल आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले भने यो महोत्सवमा ६० हजार दर्शक उतार्ने लक्ष्य छ । हाम्रो प्रशासनिक लागत मात्रै करिब ३० लाख लाग्ने अनुमान गरेका छौं, छिमेकी जिल्ला,गाउँपालिका र नगरपालिकाबाट समेत सहयोग र सहकार्य गर्ने बताइएको छ ।पुफाका अध्यक्ष मिलन श्रेष्ठले पाँचखाल नगरपालिकाको संस्कृति र पर्यटनको प्रबर्द्धनको लागि महोत्सव गर्न लागेको बताएको छन् ।

पाँचखाल को अर्गानिक कृषि प्रदर्शनी,स्थानीय खानाका परिकार,संस्कृति र पर्यटन प्रबर्द्धन स्टलहरु,बाल मनोरञ्जनात्मक गतिविधिहरु,राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक बेजोड प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहेको संयोजक काफ्लेले बताए। साथै पाँचखाल नगर,कृषि सहरको अवधारणा लाई सम्मान गर्दै कृषिका लागि स्टलहरु निशुल्क उपलब्ध गराउने समेत तयारी गरिरहेको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया