पर्सा प्रदेश सभा क्षेत्र ३ मा जसपाकाे क्षेत्रीय भेला सम्पन्न

पर्सा । जनता समाजवादी पार्टी नेपाल प्रदेश सभा क्षेत्र नं ३ (क) र (ख)को क्षेत्रीय भेला सम्पन्न भएको छ । क्षेत्रीय भेलाबाट उपेन्द्र यादवलाई (क) को र पवन सिंहलाई (ख)को अध्यक्ष पदमा चयन गरिएको छ । दुबै प्रदेशिक क्षेत्रीय समितिमा ४१ सदस्यीय समिति गठन भएको हो । संसदिय क्षेत्र न. ३ का अध्यक्ष नागेन्द्रप्रसाद यादवको अध्यक्षता भएको कार्यक्रममा हरिनारायण रौनियार प्रमुख अतिथि थिए ।

कार्यक्रममा प्रदेश सांसद मंजुर अंसारी, केन्द्रीय सदस्य जनार्दन यादव, फिरोज मन्सुर, सह-इन्चार्ज महाराज यादव, पार्टीका बरिष्ठ नेता सुरेन्द्रप्रसाद कुर्मी, केन्द्रीय परिषद सदस्य एव पुर्व उपमेयर सलमा खातुन, शिवजी सोनी, बहुदरमाई नगरपालिका नगर प्रमुख सिंगासन साह, केन्द्रीय सदस्य शिवकुमार साह, जिल्ला सचिव तबरेज अहमद, प्रदेश सदस्य गौरीशंकर साह (दादा) प्रदिप जैसवाल, जिल्ला सदस्य, रमेशसाह तेली, युवानेता गोपी यादव, युवा नेता प्रमोद जैसवाल, लगायत नेता कार्यकर्ताहरु उलेख्खनीय सहभागीता रहेको थियो ।

प्रतिक्रिया