बस र टिपर ठोक्किँदा २१ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–१० मा आज भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् ।

तौलिहवाबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६६६० नम्बरको हाइस र बिपरित दिशाबाट जाँदै गरेको ना ८ ख ६६९७ नम्बरको टिपर आज दिउँसो पौने १ बजे ठोक्किएका थिए ।

दुर्घटनामा हाइसमा सवार २१ जना घाइते भएका हुन् । घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । दुवै सवारी साधनसहित टिपर चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया