पाँचथर । फिदिम नगरपालिका का कर्मचारी तथा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यहरु मिलेर सरसफाई गरेको छ ।
तिजको अवसरमा भक्तजनलाई मध्यनजर गरेर सरसफाई अभियान सञ्चालन गरिएको नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
उक्त अभियानले नगर सफा हुने र सकारात्मक सन्देश प्रवाह हुने भएकाले नगरपालिका लागेको उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए ।
शिवालय मन्दिरबाट सुरु गरि बिच बजारको बिपी टोलमा पुगेर समापन भएको छ । सरसफाई अभियान सफल बनाउन सहयोग गर्नेहरुलाई प्रमुख काफ्लेले धन्यबाद ज्ञापन गरे ।
प्रतिक्रिया