पाँचथरमा कर्मचारी ट्रेड युनियनको सँयुक्त आन्दोलन सुरु

पाँचथर । फिदिम नगरपालिका परिसरमा कर्मचारी ट्रेड युनियनको सयुक्त आन्दोलन सुरु भएको छ । देश भरिका सम्पुर्ण सयुक्त टेड्रयुनिय नले ११ बुद्धे मागसहित आन्दोलन सुरु गरेका छन् । केन्द्रीय सर्कुलरमा ऐक्यवद्धता जनाउँदै पाँचथरका कर्मचारीहरु संघ संगठनको संयुक्त सहभागितामा सुरु भएको छ । उक्त आन्दोलनमा बिभिन्न माग सहित कर्मचारीले कालो पट्टी बाधि कार्यालयहरुमा कालो व्यानरमा मागहरु टाँगेर आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलको क्रममा कर्मचारी मैत्रि र सेवा मैत्रि हुने गरि संघीय, प्रदेश र स्थानीय तहका लागि निजामती सेवा ऐन तत्काल जारि गर । क्षतिपुर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर । तीनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामती को परिभाषामा समावेश गर जस्ता नारा तय गरिएका छन् ।

त्यस्तै, तीनै तहगत प्रणालि लागु गर, तीनै तहमा अन्तर समन्वय कायम हुने सुनिश्चितता सहित राष्ट्रिय स्तरका टेड्रयुनियन र आधिकारिक ट्रेड युनियनको ब्यवस्था गर, कर्मचारी समायोजनबाट उत्पन्न समस्या तत्काल समाधान गर, राष्ट्रिय स्तरका टेड्रयुनियहरुको सहभागिता सहित पे कमिसन गठन गर, तीनै तहमा कार्यरत कर्मचारीहरुको समान अवधिमा वृत्ति बिकासको सुनिश्चितता गर जस्ता नारा पनि छन् ।

अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुको न्यायोचित व्यस्थापन गर्नुपने, सबै पदका कर्मचारीहरुको पदसोपान अनुसार तलबमान कायम गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तह मध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम गर्नुपर्ने उनीहरुको माग छ । आन्दोलन १७ गतेसम्म जारि रहने तर काम काजमा अवरुद्ध नहुने नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष प्रेमबहादुर काफ्लेले बताए ।

प्रतिक्रिया