माछापुच्छ्रे बैंकद्वारा क्यु.आर.कोड हस्तान्तरण

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यु. आर. कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिगमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले संघाई क्युआर हस्तान्तरण गरेको हो ।

नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीेले क्युआर हस्तान्तरण गर्नु गरे । उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्नेछ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ ।

प्रतिक्रिया