नवीनको नयाँ गीत

काठमाडौं । लोकगायक नवीन पौडेलको नयाँ तिज गीत ‘हरहर बासना’ को भिडियो सार्वजनिक भएको छ । गायक पौडेलकै शब्द सिर्जना रहेको गीतमा उनलाई गायिका आशा बिसीले आवाजमा सघाएकी छन् । रवि कार्कीले संगीत भरेको उक्त गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ । गीतको भिडियोमा गायक पौडेलकी छोरी स्वीकृति पौडेलले नृत्य गरेकी छन् ।

उनलाई नृत्यमा सन्तोष शर्माले साथ दिएका छन् । गायक नवीनले गीतले विस्तारै युट्युबमा चर्चा बटुल्दै गएको बताए । उनले कुनै पनि गीतले मौलिक पहिचान खोज्नुपर्ने बताउँदै कला र संस्कृतिले पहिचानलाई बचाउने भएकाले सर्जकले त्यस विषयमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘कुनै पनि गीतले मौलिक पहिचान खोज्नुपर्छ ।
कतिपय बजारमा आएका गीतमा मौलिकता कम पाइन्छ ।’ गीतको भिडियोमा विष्णु भट्टराईको निर्देशन, छायांकन र सम्पादन रहेको छ । गीतको भिडियो गायिका आशा बिसीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया