आगामी निर्वाचन : एक मतदाता, चार मतपत्र, चार मतपेटिका

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ तथा प्रतिनिधिसभाको निर्वाचनमा एक मतदाताले चारवटा मत पत्रमा मतदान गर्नुपाउने भएका छन् ।

निर्वाचन आयोगले यसका लागि आवश्यक तयारी गरिरहेको आयोगका प्रवक्ता शालिकराम शर्म पौडेलले सौर्य अनलाइनलाई बताए । २०७४ सालको निर्वाचनमा संघ तथा प्रदेशको समानुपतिक मतपत्र एउटै थियो भने प्रदेशको क्षेत्रगत हिसाबमा प्रत्यक्ष तर्फ अलग अलग मत पत्र थियो ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला मतदातालाई संघको प्रत्यक्ष तर्फको चुनाव चिन्ह भएको मतपत्र दिईने छ। त्यसपछि उसले छापलगाईसकेपछि सो मत पत्र पेटिकमा खसाउने छ। लगतै अर्को टेवुलमा बसेका कर्मचारीले संघको समानुपाितक तर्फको मतपत्र दिनेछन् । त्यसपछि उसले पनि सो मतपत्रमा छाप लगाएपछि समानुपतिकको बाकसमा खसाउँन छ ।
संघको प्रत्यक्ष तथा समानुपतिक तर्फको मतपत्रमा छाप लगाइसकेपछि मतदाता प्रदेश तर्फको मतदान प्रक्रियामा सामले हुने छन् । त्यसका लागि सगै अर्को कर्मचारी रहने छन् । उसले मतदातालाई प्रदेश तर्फको मतपत्र दिने छन् ।

मतदाताले आफूलाई मनपरेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाएर मत पत्र बाकसमा खसाल्ने छन् । त्यसपछि मतदाता प्रदेशको समानुपातिक तर्फ मतदान प्रक्रियामा सामेल हुनेछन् ।

प्रदेशमा प्रत्यक्ष तर्फ मतदान गरेपछि मतदाता प्र्रदेश समानुपतिक तर्फ मतदान गर्न अगाडि बढ्ने छन् । उनलाई सँगै बसेका अर्का कर्मचारीले समानुपतिक मत पत्र उपलब्ध गराउने छन् । त्यसपछि छाप लगाउने छन् । यसरी एक जनाले यसरी आफ्नो मतदान प्रक्रिया पुरा गर्ने छन् ।

संघको समानुपतिक तर्फ पुरै देशलाई एकै निर्वाचन क्षेत्र मानेर चुनावमा भाग लिन दर्ता भएका दलहरुको चिन्ह राखिने छ भने प्रदेशमा पनि यही प्रक्रिया लागू हुने छ ।

आयोग श्रोतका अनुसार संघ तर्फको र प्रदेश तर्फको प्रत्यक्षको अलग अलग मतगणना हुने छ । यसो गर्दा केन्द्रमा खटाउने कर्मचारी र मतपत्रको संख्या बढ्ने निर्वाचन आयोगले प्रक्षेपण गरेको छ । आयोगको अनुसार यो प्रक्रियाबाट मतदान प्रक्रिया सम्पन्न हुने छ। गणना प्रक्रिया भने झन्झटिलो हुने छैन । जसका कारण गणना छिट्टै समपन्न हुने छ।

आगामी निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ २३ मतदाताका हुने निर्वाचन आयोगले जनाएको छ । यसमा पछिल्लो मतदाता नामवली अपडेट गर्दा करिव १० लाख थप हुन सक्ने निर्वाचन आयोगको अनुमानमा छ । आयोगले सो प्रयोजनका लागि मतपत्र छापाईको काम सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया