न्याय सम्पादनमा उच्च अदालत विराटनगर अगाडि

विराटनगर । अघिल्लो आर्थिक वर्ष तथा गत आर्थिक वर्षमा दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्न उच्च अदालत विराटनगर सफल भएको छ । १२ जना न्यायाधीशको दरबन्दी भए पनि नौ जना न्यायाधीशले मात्र अहिले अदालतको कार्यसम्पादन गर्दै आएका छन् । उच्च अदालतले विराटनगरमा मंगलबार सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्षमा ६० प्रतिशत मुद्दा फस्र्र्योट गरेको जनाएको छ । अदालतका रजिस्टार जितबहादुर थपलियाले गत आर्थिक वर्षमा ३ हजार २४ मुद्दा फस्र्योट गरेको बताए । अदालतमा आएका मुद्दा मध्ये गतवर्ष १ हजार ९ सय ७८ मुद्दा फस्र्योट गर्न बाँकी रहेको उनले जानकारी दिए ।

अदालतले दर्ता भएका मुद्दालाई सरल, सामान्य, विशेष गरी वर्गीकरण गर्दै आएको छ । ६ महिना सम्मकालाई सरल, एक वर्ष सम्मकालाई सामान्य र एक वर्ष नाघेका १८ महिना भित्रकालाई विशेष समूह भनेर वर्गीकरण गरी काम गर्ने गरिएको छ । यसरी अदालतले १८ महिना नाघ्ने प्रकृतिका मुद्दाहरूलाई व्यवस्थापनका लागि छुट्टै अभियान फाँटको व्यवस्था गरेको अदालतका सूचना अधिकारी ओमकार सुवेदीले जानकारी दिए ।

उनका अनुसार अदालतले डिसिएम (फरक मुद्दा व्यवस्थापन) फाँट बनाएको छ । अधिकृत स्तरको कर्मचारीको नेतृत्वमा रहेको अभियान फाँटले १८ महिना नाघ्ने मुद्दालाई व्यवस्थापन गर्दै आइरहेको छ । अभियान फाँटले १८ महिना नाघेका मुद्दा शून्य बनाउने गरी काम गरिरहेको सुवेदीको भनाइ छ ।

अभियान सञ्चालन भएपछि कोरोना कालमा पनि यस कार्यलाई निरन्तरता दिइएको अदालतका रजिष्टार थपलियाले बताए । उनका अनुसार गतवर्षको कोरोना संक्रमितको संख्या उत्कर्षमा पुगेका समयमा पनि १८ महिना नाघेका मुद्दालाई प्राथमिकतामा राखेर काम गरिएको थियो । मुद्दाका पक्षलाई गाडीमा हालेर पनि ल्याइएको छ ।’ अदालतबाट गाडी घर लगेर ल्याइएको उनको भनाइ छ । रजिस्टार थपलियाका अनुसार कोरोना संक्रमण उच्च भएका समयमा सात मुद्दाहरूलाई पेसी हालेर फैसला गरियो । उच्च अदालत विराटनगरले अभियानको साख गिर्न दिएको छैन ।

आर्थिक वर्ष ०७८÷७९ मा तत्कालीन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले सबैभन्दा बढी ७ सय ३२ वटा मुद्दा फस्र्योट गर्ने भएको छ । ३ हजार २४ फस्र्योट भएका मुद्दा मध्ये उनी एक्लैले २४ प्रतिशत फस्र्योट गरेका थिए । गत चैतमा सर्वोच्चमा सरुवा भएर गएका श्रेष्ठले अन्य न्यायाधिशको तुलनामा सबैभन्दा बढी फस्र्योट गरेको उच्च अदालतको विवरणमा उल्लेख छ ।

कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले ३ सय ९८, दिनेशप्रसाद यादवले १ सय ४५, कृष्णकमल अधिकारीले ५ सय ६९, रामबहादुर थापाले १ सय ७, राजनप्रसाद भट्टराईले ५ सय ६१, मुरारीबाबु श्रेष्ठ ६ सय ३५, मिलनकुमार राई ६ सय ७२, किरणकुमारी गुप्ता ५ सय ६२, जगतनारायण प्रधानले ४ सय ६७ मुद्दा फस्र्योट गरेका छन् । सरुवा भएर गएका प्रेमराज ढकालले ३ सय ६६, यमुना भट्टराईले ३ सय ८८, तेजनारायणसिंह गनगाईले ४ सय ४२ मुद्दा फस्र्योट गरेको रजिस्टार थपलियाले बताए । उनका अनुसार न्यायाधीश यादव र थापा हालै सरुवा भएर आएका कारण फस्र्योटको संख्या कम भएको हो ।

सो अवसरमा बोल्दै कामु मुख्य न्यायाधीश सत्यमोहन जोशीले अदालताले छिटो छरितो रूपमा न्याय सम्पादन गरेकै कारण नेपालभरिमै उत्कृष्ठ बन्न अदालत सफल भएको बताए । सेवाप्रवाह तथा अदालतबाट हुन सक्ने कमि कमजोरी भए त्यसलाई औँल्याउन सञ्चारकर्मीलाई आग्रह गर्दै त्यसबाट आपूmहरूलाई करेक्सन हुन मद्दत पुग्ने उनको भनाइ थियो ।

प्रतिक्रिया