बालेन्द्रको सनातनी प्रतिक्रिया

राज्यको पाँच अर्ब रुपैयाँ लगानी गरेर निर्माण भएको बन्चरे डाँडा डम्पिङ साइडमा फोहोर विसर्जन गर्न नदिइँदा राजधानी काठमाडौं केही सातादेखि दुर्गन्धित बनेको छ । राजधानी काठमाडौं कतिसम्म दुर्गन्धित बनेको छ भन्ने कुरा शब्दमा उल्लेख गर्न सकिने अवस्थासमेत छैन । बन्चरे डाँडामा बनाइएको डम्पिङ साइडबाहेक राजधानी काठमाडौंको फोहोर व्यवस्थापनका लागि तत्काल अर्को ठाउँ छैन । फोहोर विसर्जन गर्ने भनेको त्यहीँ नै हो । तर अवरोध र्सिजना भएको छ । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहले सोमबार सामाजिक संजालमा उल्लेख गरेअनुसार फोहोर लिएर गएका गाडीमाथि मानिसहरूको समूहबाट ढुंगामुढा गर्ने, गुलेली हान्नेसम्मको हर्कत भएको छ ।

दुई सय जनाभन्दा बढी प्रहरी परिचालन गर्दा पनि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न कठिनाइ भइरहेको छ । काठमाडौंको फोहोर विसर्जनका सन्दर्भमा पूर्ववर्ती मेयरहरूको तुलनामा वर्तमान मेयर शाहले देखाएको चासो स्वागतयोग्य छ । तर फोहोर विसर्जन गर्न अवरोध पु¥याउनेहरू को हुन् ? भन्ने पहिचानमा समस्या देखिएको छ । प्रभावित स्थानीय जनताले फोहोर विसर्जनमा अवरोध गरेका हुन् कि ? अप्रभावित तथा बाहिरका मान्छे गएर अवरोध सिर्जना गरेका हुन् ? भन्ने निक्र्योल कम्तिमा पनि काठमाडौं महानगरपालिकाले गर्नुपर्छ ।

प्रभावित स्थानीयहरूले नै अवरोध सिर्जना गरेका हुन् भने तत्काल वार्ता गरी उनीहरूका जायज माग संवोधन गर्नुपर्छ । किनकी प्रभावित स्थानीयहरूको जनसंख्या पाँच हजारभन्दा बढी नभएकोले माग पूरा गर्न सकस छैन । नाजायज माग छन् भने मिडियामा उजागर गर्नुपर्छ । यदि बाहिरका मान्छेहरू अवरोध गर्न पुगेका हुन् भने पक्राउ गरेर जेलमा कोच्ने मात्रै होइन कि गोली चलाउनेसम्मको अधिकार राज्यलाई छ ।

काठमाडौं उपत्यकाका १५÷१६ पालिकाहरूको फोहोर विसर्जनमा समस्या आउँदा अन्य जनप्रतिनिधिहरू कानमा तेल हालेर बसिरहेको र काठमाडौंका मेयर शाहले मात्रै समस्या समाधानको पहल गरिरहेको सन्देश गएको छ । यसैगरी फोहोर विसर्जन अवरुद्ध गराउनेहरूको भिडमा प्रमुख राजनीतिक दलका इनेगिनेका कार्यकर्ताहरूसमेत सामेल छन् । जसका कारण राजधानी काठमाडौं दुर्घन्धित हुँदै जानुमा प्रमुख राजनीतिकदलहरूको हात रहेको सन्देश जनस्तरमा पुगेको छ ।

जनताले पनि भन्न थालेका छन्, ‘अरू कुरामा राजनीति गर, तर फोहोरमा राजनीति नगर ।’ फोहोरमा राजनीति नहोस् भनेर नै काठमाडौंका जनताले गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वार शाहलाई चुनाव जिताएका हुन् । फोहोर विसर्जनमा अवरोध पु¥याउने राजनीतिकदलका कार्यकर्ताहरू बाहिरिया हुन् भने ठूलो आपत्ति हो, तर प्रभावित क्षेत्रका स्थानीय कार्यकर्ता नै हुन् भने राजनीतिकदललाई दोष थोपर्न मिल्दैन । आफ्नो पार्टी सत्तारूढ छ भन्दैमा आपूmहरूले फोहोरको दुर्घन्ध सहेर बस्नै पर्छ भन्ने वाध्यता राजनीतिकदलका कार्यकर्तालाई हुँदैन ।

संविधानको मर्म र कानुनी प्रावधानअनुसार फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको हो । तर, राजधानी काठमाडौं उपत्यकाको हकमा फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय सरकारको सहरी विकास मन्त्रालयले समेत लिएको छ । घरघरबाट फोहोर संकलन गर्ने र संघीय सरकार मातहतका सडक प्रयोग गर्दै, संघीय सरकारले व्यवस्था गरिदिएको डम्पिङ साइडसम्म पु¥याउने जिम्मेवारी काठमाडौं महानगरपालिकाले बहन गर्दै आएको छ । अर्थात डम्पिङ साइड पनि काठमाडौं महानगरपालिकाको होइन, डम्पिङ साइडसम्म पुग्ने सडक पनि काठमाडौं महानगरपालिकाको होइन । समस्या यहीँनिर छ । यो समस्या आजको होइन । यो समस्या समाधान गर्ने मुख्य एजेन्डाका साथ बालेन्द्र शाहले मेयर पदमा चुनाव जितेका हुन् ।

नकुहिने फोहोरलाई कवाडीका रूपमा बिक्री गर्ने, कुहिने फोहोरलाई मलमा परिणत गर्ने कार्ययोजना बालेन्द्रले चुनावमा भोट माग्दा प्रस्तुत गरेका थिए । जनताले विश्वास गरे । अब विश्वास दिलाउने काम उनको हो । ‘मैले त काम गर्न खोजेकै थिएँ, विरोधीहरूले दिएनन्’ भन्ने सनातनी जवाफ त सधँै सुनिँदै आएको हो । विरोधीहरूले त अवरोध सिर्जना गर्छन् नै । अवरोध चिर्न सक्नु नै नेतृत्वकर्ताको क्षमता हो । विरोधीले दिएनन् भन्नु त लाचारी हो । बालेन्द्रले मेयरका रूपमा काम संहालेको साढे दुई महिना बितेको छ । कुहिने फोहोरबाट मल बनाइएको र नकुहिने फोहोर कवाडीका रूपमा बिक्री भएको देख्ने काठमाडौंवासीको आशा कहिलेसम्म पूरा हुन्छ ? जनता प्रतिक्षामा छन् । ¥यापर यमोवुद्धको शालिक तथा पार्कभन्दा पहिले काठमाडौंका जनता फोहोरबाट मोहोर बनाउने घोषणा कार्यान्वयनतर्फ गएको हेर्ने चाहन्छन् ।

प्रतिक्रिया