आज थपिए ८ सय ४८ जना कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण आज ८ सय ४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा ५ हजार ६ सय १९ परीक्षणमध्ये सो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ५९ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई ५ सय २६ जना घर फर्किएका छन् ।

यस अवधिमा कोरोना भाइरसको संक्रमणबाट १ जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार ९ सय ९० जनाको संक्रमणबाट निधन भएको छ ।

५ सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा २ सयभन्दा बढी संक्रमित भएका जिल्ला कैलाली रहेको छ । संक्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, मुगु, डोल्पा, जुम्ला र हुम्ला रहेका छन् ।

यस्तै होम आइसोलेसनमा ५ हजार ६२, संस्थागत आइसोलेसनमा १ सय ९७, सघन उपचार कक्ष (आइसियु) मा ६८ र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ९० हजार चार सय ४७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया