राष्ट्रिय बाणिज्य बैंक बझाङबाट ९८ हजार रकम गायब

बझाङ । राष्ट्रिय बाणिज्य बैङ्क बझाङ शाखावाट अन्ठानब्बे हजार रुपैयाँ हराएको छ । भएको छ । भोजपुर जिल्ला घर भई अहिले बझाङकोे सदरमुकाम चैनपुरमा बस्दै आएका साङ्गे शेर्पाको खातामा रहेको उक्त रकम गायब भएको हो । शेर्पाका अनुसार गतवर्ष मंसिर २८ गते चेक पुरानो भएपछि बैंकबाट नयाँ चेक लिएका थिए । बैंकका कर्मचारीहरुका अनुसार पुरानो चेक त्यही छोडेको नयाँ चेक लिएर गएका रहेछन् । आज आफ्नो खातामा रहेको रकम निकाल्न खोज्दा उक्त रकम नभेटिएपछि रुपैयाँ हराएको पत्तो पाएका हुन् ।

पुरानो चेकबाट भुक्तानी


गत मंसिर २८ गते नयाँ चेक बनाएर लिएको भएता पनि त्यसको आठ महिना पछी पुरानो चेकवाट अनिल रोकायाको नामवाट भुक्तानी भएको देिखन्छ । यस विषयमा कुराकानी गर्दा राष्ट्रिय बाणिज्य बैंकका सुचना अधिकारी बिशनदेव जोशीले चेकको पछाडि लेखिएको मोवाईल नम्वरमा सम्पर्क गर्दा फोन नलागेको र भुक्तानी लिने अनिल रोकायालाई सिसिटिभि फुटेजबाट खोज्ने काम भईरहेको बताए । उनले आफ्नो चेक ग्राहक आफैले सुरक्षित राख्नुपर्ने समेत बताए ।

प्रतिक्रिया