राष्ट्रपतिको सन्देशसहित नागरिकता बिधेयक संसदमा, प्रक्रियाबारे अझै अन्याेल


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता भएको नागरिकता बिधेयक पुगेको छ । यो पुगेलगत्तै बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधेयक फिर्ताको सन्देश प्रस्तुत गरेर सदनलाई जानकारी गराइएको हो । संघीय संसदका सचिव गोपालनाथ योगीले यस्तो सन्देश पढेर सुनाएका थिए ।

राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी गराए पनि अगाडि बढाउने विषयका सन्दर्भम दलहरुबीच के गर्ने भन्ने विषयमा अन्यौल छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच यस विषयमा एउटै धारणा तय हुन सकेको छैन् ।

सरकारको नेतृत्वकर्ता दलहरु भने सके सम्म त्यसलाई चाँडो राष्ट्रपतिकोमा फिर्ता पठाएर प्रमाणीकरण गराउने पक्षमा छन् । यद्यपि यस विषयमा साझा धारणा तय गर्न गठबन्धनका दलहरु औपचारिक अनौपचारिक छलफलमा जुटेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नागरिकता बिधेयकमा राष्ट्रिय सहमति आवश्यक रहेको बताइरहेको छ । एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले सौर्य अनलाइनसँग भने, ‘राष्ट्रपतिले केही सन्देशहित पठाउनुभएको छ, यो हाम्रा लागि सुर्वण अवसर हो, एमालेको तर्फबाट आग्रह न गर्न चाहन्छु, आउनुहोस् सम्पुर्ण राजनीतिक दलहरु एक ठाउँमा उभिएर जाउँ, नागरिकता जस्तो विषयमा साझा धारणा तयर गरेर अगाडि बढौँ ।

नागरिकता बिधेयक सुझाव सहित संसदमा फिर्ता भएपनि त्यसलाई कसरी टुंगो लगाउने भन्नेमा अन्याेल छ। सभामुख सापकोटाले अहिले सम्म यस विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठक राखेका छैनन् ।

प्रतिक्रिया