बालिका बलात्कारको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

पाँचथर । फिदिम नगरपालिका– ११ का ५६ वर्षीय देवी बुढाथोकीलाइ बालिका बलत्कार गरेको आरोपमा सोमबार प्रहरीले पक्राऊ गरेको छ ।

४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै अभिभावकको उजुरीका आधारमा बुढाथोकीलाई पक्राउ गरिएको प्रहरीका सूचना अधिकारी सन्तोष राईले बताए ।

आरोपितलाई अदालतमा म्याद थप्ने तयारी भइरहेको बताइएको छ । बुढाथोकीलाई छानबिनका लागि प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया