यामाहाको रुटिन अफ नेपाल बन्द सँग सहकार्य

काठमाडौं । ‘फेन्टासी प्रिमीयर लिग’ आयोजना गर्न फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’(आरओएनबी) ले यामाहा नेपालसँगको सहकार्यमा आयोजना गरेको छ । गत वर्षसम्म आरएनबीले एकल रुपमा सञ्चालन गर्दै आइरहेको उक्त लिगलाई अझ बृहत्तर रूप दिने उद्देश्यको साथ पेजले यस वर्षदेखि यामाहा नेपालसँग सहकार्य गरेको हो ।

यस सिजनको ‘फेन्टासी प्रिमीयर लिग’मा सहभागी बन्नका लागि वाईआई २३ यो रहेको छ । उक्त कोड ‘फेन्टासी प्रिमीयर लिग’को एपमा प्रयोग गरी सहभागी हुन सकिनेछ । तर, यामाहा नेपालको अनुसार सो कोड भने यामाहा नेपालको आधिकारिक शोरुममा भिजिट गरी रजिष्ट्रेशन फारम भरेपछि मात्र मान्य हुनेछ ।

फेन्टासी लिग, इंग्लिश प्रिमीयर लिग (इपिएल) मा आधारित रहेर खेलिने काल्पनिक खेल हो जसमा इपिएलको नियमहरूअन्तर्गत र इपिएलजस्तै ९ महिना सम्म चल्नेछ । कम्पनीको अनुसार फेन्टासी लिगमा साप्तीहिक विजेता र भाग्यशाली विजेता हुनेछन् । साप्ताहिक विजेता हुनका लागि हप्ताभरका लागि लिगको लिडरबोर्डमा अग्रता लिनु पर्नेछ ।

साप्ताहिक विजेतालाई यामाहा नेपालको तर्फबाट आकर्षक पुरस्कारहरू दिइने र एक भाग्यशाली विजेतालाई कम्पनीले यामाहा रेजेडआर १२५ एफआई स्कुटर प्रदान गर्ने कम्पनीले जनाएको छ । पछिल्लो समय, डिजिटल खेलमा रमाउने नेपाली युवाको जमात बढ्दो छ । सोही कुरालाई मध्य नजरमा राख्दै सो जमातलाई थप हौसला र प्रोत्साहन गर्न यामाहा नेपालले नेपालीमाझ लोकप्रिय रहेको फेसबुक पेज रुटिन अफ नेपाल बन्दसँग सहकार्य गरेको यामाहा नेपालको सिईओ राजु क्षेत्रीले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया