बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ ।

बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । बाघ देखेपछि निकुञ्ज घुम्ने पर्यटक खुशी हुने गरेको पथप्रदर्शक अनुराम चौधरीले बताए । ‘यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ’, चौधरीले भने, ‘बाघ देख्दा उनीहरु खुशी हुन्छन् ।’

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको संख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन् । ‘यो संख्या हाम्रो लागि सुखद हो’, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘अहिले बाघ देखिने मौसम भएकोले पर्यटकको संख्या बढ्ने विश्वास छ ।’

प्रतिक्रिया