बागदुलाबाट डाम्री जाँदै गरेको जीप दुर्घटना, १४ जना घाइते

प्युठान । प्युठानको बाहाने बजार नजिक खहरे खोलामा जीप दुर्घटनामा परेको छ । बागदुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा १४ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

जीप प्युठानको नौबहिनि गाउँपालिका– ४ बहाने नजिक खहरे खोलामा अनियन्त्रीत भइ जीप दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा घाईते भएका सबैलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सडकबाट जीप करिब ४० मिटर तल खसेको छ । दुर्घटनास्थलमा ईलाका प्रहरी कार्यालय बाहानेको टोली र स्थानीयले घाइतेको उद्धार गरेका छन् ।

दुर्घटनाको के कति कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनाको पूरा विवरण आउन बाँकी छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया