दर्ताका लागि अब तीन दिन बाँकी, ४० दल दर्ता


काठमाडौं । आगामी मंसीर ४ गते हुन गइरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय अब ३ दिन मात्रै बाँकी रहेको छ । साउन २२ देखि दल दर्ताका लागि निर्वाचन आयोगले आवेदन खुल्ला गरेको थियो । यस अवधीमा ४० दल दर्ता भएका छन् । दर्ता हुने क्रम जारी रहेको छ ।

निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार दल दर्ताका लागि अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन’, पौडेलले भने ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।
आगामी मंसिर ४ गते निर्वाचनमा भाग लिने दलले निवाृचन आयोगमा दल दर्ता गर्नूपनै छ ।

प्रतिक्रिया