मेस्सी र नेयमार बालोन डि’ओरको मनोनयन बाहिर

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिली स्टार नेयमारयस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् । सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भएको हो । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर अवार्डका लागि ३० जनाको नाम सार्वजनिक गर्दा पिएसजीका स्टार मनोनयनमा परेका छैनन् ।

मेस्सी यस अवार्डको वर्तमान धारक हुन् र कतारमा विश्वकप सुरु हुनुअघि प्रदान गरिने पुरस्कारको दौडमा छैनन् । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडसँग पराजित भएपछि नै मेस्सी बालोन डि’ओरको मनोनयनमै नपर्नुलाई प्रमुख कारकको रुपमा हेरिएको छ । पहिलो लेगको खेलमा मेस्सीले पेनाल्टी चुकाएका थिए । यस्तै पिएसजीकै ब्राजिली स्टार नेयमार पनि मनोनयना परेका छैनन् ।

रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेबका कप्तान करिम बेन्जेमा मनोनयनमा परेको छ । रियलबाट ६ खेलाडी मनोनयनमा परेका छन् । यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि समान ६ खेलाडी मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका खेलाडी

करिम बेन्जेमा (रियल म्याड्रिड), थिवाउट कोर्टुवा (रियल म्याड्रिड), भिनिसियस जुनियर (रियल म्याड्रिड), क्यासमिरो (रियल म्याड्रिड), लुका मोड्रिच (रियल म्याड्रिड), एन्टेनियो रुडिगर (रियल म्याड्रिड÷चेल्सी), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नाेल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुल÷बेन्फिका), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी÷डर्टमुन्ड), रोबर्ट लेवान्डोस्की (बार्सिलोना÷बायर्न म्युनिख), ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख÷लिभरपुल), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान), क्रिस्टोफोर एनकुुकु (लाइप्जिग), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमुन्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स)

प्रतिक्रिया