सिट बाँडफाँडमा कांग्रेसलाई सकस

काठमाडौं । सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई आगामी निर्वाचनको सिट बाँडफाँडमा निकै सकस हुने देखिएको छ । सिट बाँडफाँडमा अरु माग्ने काँग्रेस दिनेमा परेको छ । गठबन्धनका दलहरूको हैसियतभन्दा माथिको वार्गेनिङ सुनेरै दिक्क लाग्न थालेको एक नेताले बताए ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) नेपाली काँग्रेसलाई ४० प्रतिशत सिटमा चित्त बुझाउन आग्रह गरिरहेका छन् । शनिबार मात्रै पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले काँग्रेसलाई ८० सिटमा चित्त बुझाउन सकिने अभिव्यक्ति दिएका छन् । तर, काँग्रेसको बैठकमा भने गठबन्धनका दललाई सँगै लिएर जाने निर्णय गरिए पनि सिट संख्या भने एकल बहुमत आउने गरी सिट राखेर अरु अन्य दललाइमा भाग लगाइदिने मनसाय देखिन्छ ।

काँग्रेसले एकल बहुमत आउने गरी निर्वाचनमा जाने हो भने कम्तिमा ६० प्रतिशतभन्दा बढी सिटमा उम्मेदवारी दिनु पर्ने हुन्छ । तर, गठबन्धन कायम राख्ने हो भने यो संख्या उसले पाउने छैन । आगामी निर्वाचन नेपाली काँग्रेससहित ८ दलिय गठबन्धन हुने हल्ला भए पनि अहिले भनेको सत्तारुढ पाँच दलिय गठबन्धनमा हो । जम्मा २७५ सदस्यिय प्रतिनिधिसभामा ११० सिट समानुपातिकको भयो यसमा भागबण्डाको आवश्यकता नै रहेन बाँकी रहेको १६५ प्रतक्ष्य सिटमा भागबण्डा गर्ने हो ।

गठबन्धनमा नेपाली काँग्रेस पहिलो, माओवादी केन्द्र दोश्रो, एकीकृत समाजवादी तेश्रो र चौथामा जनता समाजवादी पार्टी र हेको छन् पाँचौ राष्ट्रिय जनमोर्चा छ । सिट बाँडफाँडमा जनमोर्चाको खासै चर्चा नभए पनि अन्य दल रस्साकस्सीमै छन् । माओवादी अध्यक्ष प्रचण्डले भनेकोजस्तैमा काँग्रेस मान्यो भने ८५ सिट अन्य चार दलमा भागबण्डा गर्नु पर्ने हुन्छ । माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दल दोश्रो हुन पाउनु पर्ने बताउदै आएका छन् । दोश्रो हुनका लागि कम्तिमा ४० देखि ५० सिटमा उसले उम्मेदवारी दिनु पर्ने हुन्छ । माओवादीले प्रतक्ष्यतर्फको ४० सिटमा चित्त बुझाए बाँकी ४५ सिट रहन्छ । यो ४५ सिटमा २ सिट जनमोर्चालाई छुट्ट्याउँदा बाँकी ४३ सिट रहन्छ । ४३ सिट अन्य दुई दल एकीकृत समाजवादी र जसपामा भाग लगाउँदा यी दलले अहिले भएकै सिट पनि नरहनेजस्तो देखिन्छ ।

काँग्रेसलाई गठबन्धन दलमा सिट बाँडफाँडमा सकस परेको देखिएको मात्र होइन आफ्नै दलभित्र पनि सकसमा छ । महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका शेखर कोइराला समूह नै बनाएर स्स्थापनसँग वार्गेनिङ गरिरहेका छन् । सिट बाँडफाँडमा आफ्ना पक्षलाई किनारा लगाइने हो कि भन्ने चिन्ता उनलाई देखिन्छ । शनिबार मात्र सो समूहको बैठकले पार्टीको भागमा परेको सिटमध्ये ४० प्रतिशत पाउनु पर्ने माग गरेका छन् । नेता अर्जुननरसिंह केसीले सामाजिक सञ्जालमा स्टाटस लेखेर यसको खुलासा गरेका छन् ।

प्रतिक्रिया